Logo

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL