Logo

एयर एसिया हराएको स्थान नजिकै शव भेटियो, खोजी कार्य तीब्र

एयर एसिया हराएको स्थान नजिकै शव भेटियो, खोजी कार्य तीब्र


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ पुस, काठमाडौं । एयर एसियाको हराइरहेको जहाज नजिकैको स्थानमा शव भेटिएको छ । जहाज हराइरहेको स्थान नजिकै जाभा समुन्द्रमा उक्त सव भेटिएको इन्डोनेसियाका सरकारी अधिकारीले जनाएका छन् । बेलिताङ टापुदेखि केही पर ती शव फेला परेको सरकारी अधिकारीले जनाएका छन् ।

एयर ट्राफिक कन्ट्रोलले जहाजसँग अन्तिम पटक सम्पर्क गरेको स्थानदेखि झण्डै १० किलोमिटर टाढा ती शव भेटिएका हुन । बेपत्ता जहाज खोज्न इन्डोनेसियाका ५ सैनिक जहाज र ३ हेलिकप्टरलगायत १२ पानीजहाज परिचालन गरिएको छ । मलेसिया तथा अष्ट्रेलियाले बेपत्ता जहाजको खोजीकार्यमा सघाइरहेको छ । हाज बेलिताङ टापु वरपर बेपत्ता जहाजको खोजी भइरहेको समाचार माध्यमले जनाएका छन् ।

एयर एसियाको क्युजेट ८५०१ विमान आइतबार विहानदेखि हराइरहेको थियो । उक्त जहाज आइतबार बिहान सुराबायाबाट सिंगापुरका लागि उडेको थियो । जहाजमा चालक दलसहति १ सय ६२ जना थिए । यस्तै टाइम्स अफ इन्डियाले पनि केही शवहरु भेटिएको र हाल खोजी कार्य तीब्र रुपमा भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL