Logo

काठमाडौंको गेष्ट हाउसबाट ७२ लाखसहित दुई जना पक्राउ, किन ल्याए गेष्टहाउसमा रकम ?

काठमाडौंको गेष्ट हाउसबाट ७२ लाखसहित दुई जना पक्राउ, किन ल्याए गेष्टहाउसमा रकम ?



काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा तथा गेष्ट हाउसको कोठाबाट उक्त रकम बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् । उक्त रकम हुन्डीको भएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL