Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाल आज पुनः जेल जाँदै

दिल्लीका मुख्यमन्त्री केजरीवाल आज पुनः जेल जाँदै



काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुनः जेल जाँदैछन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।

यसअघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउँदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले याचिका अस्वीकार गरेको थियो । केजरीवाल यसअघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ परेका थिए ।

२० दिन जेल बाहिर रहेका केजरीवलले यस अवधिमा पार्टी र आफ्नो इण्डिया गठबन्धनका लागि देशभर चुनावी रयाली र सभालाई सम्बोधन गरेका थिए । भारतमा सात चरणमा भएको लोकसभाको निर्वाचन शनिबार सकिएको छ भने अब मंगलबार नतिजा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL