Logo

अर्थमन्त्री पुनले ल्याएको बजेटमाथि संसदमा आजदेखि छलफल

अर्थमन्त्री पुनले ल्याएको बजेटमाथि संसदमा आजदेखि छलफल



काठमाडौं । आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आइतबारबाट छलफल हुने भएको छ । आज आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबारको बैठकमा बजेट माथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संघीय सरकारले जेठ १५ गते आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको वार्षिक आयव्ययको विवरण बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL