Logo

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन प्रतितोला १७ सयको वृद्धि

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन प्रतितोला १७ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो ।

यो मूल्य बिहीबारको तुलनामा १ हजार ७ सय रुपैयाँले बढी हो । बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको छ । यसअघि बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले घट्दै प्रतितोला १८ सय ७५ रुपैयाँमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL