Logo

१३ निर्माण व्यवसायी/आपूर्तिकर्ता तीन वर्षसम्म कालोसूचीमा, कुनै पनि खरिदमा भाग लिन नसक्ने

१३ निर्माण व्यवसायी/आपूर्तिकर्ता तीन वर्षसम्म कालोसूचीमा, कुनै पनि खरिदमा भाग लिन नसक्ने



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी / आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुने गरी १३ वटा निर्माण व्यवसायी / आपूर्तिकर्ताहरूलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।

कार्यालयले कालोसूचीमा राखिएको अवधिभर ती निकायले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि बताएको छ । फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै बिकोई–जय बागेश्वरी–सिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगञ्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । धुलीखेल–जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL