Logo

दोस्रोपटक पनि पाएनन् सन्दीपले भिसा, दूतावासले गर्याे अस्वीकार

दोस्रोपटक पनि पाएनन् सन्दीपले भिसा, दूतावासले गर्याे अस्वीकार



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले पुनः भिसा दिन अस्विकार गरेको छ । पहिलोपटिक भिसा रद्ध हुँदा उनले दोस्रो पटक आवेदनदिएका थिए । त्यसका लागि बिहीबार अन्तरवार्ताका लागि बोलाईएपनि उनलाई अमेरिकी दूतावासले भिसा नदिएको हो । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घले बताएको छ।

एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।

त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL