Logo

डेरी उत्पादन तथा उपकरणको प्रदर्शनी, लागत घटाई आयात प्रतिस्थापन गर्न सुझाव

डेरी उत्पादन तथा उपकरणको प्रदर्शनी, लागत घटाई आयात प्रतिस्थापन गर्न सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डेरी उत्पादन तथा उपकरणको प्रदर्शनी बनेश्वरको थापागाउँस्थित बानेश्वर व्यांक्वेटमा शुरु भएको छ । मंगलवार एक कार्यक्रमवीच उपराष्ट्रपति नन्दबहादुर पुनले सो कार्यक्रमको उद्दघाटन गरे ।

सो अवसरमा उनले नेपालको जिडीपीमा कृषि क्षेत्रको योगदान घटेको अवस्थमा डेरीको भने सन्तोषजनक रहेको बताए । साथै उनले २० हजार भन्दा बढी जनशक्तिले रोजगारी पाउनु सामान्य कुरा नभएको भन्दै डेरि उद्योगीको प्रशंशा गरे । उपभोक्ताले किन्ने र किसानले बेच्ने मूल्यमा अन्तर भएकोमा त्यसतर्फ विशेष ध्यान पुर्याउनुपर्ने बताए ।‘दुध तथा दुग्धजन्य पदार्थ खरिद विक्रीमा विचौलीयासँग जोगिनुपर्छ । त्यस्तै कृषि क्षेत्रको तिव्र विकास विना आर्थिक बृद्धि सम्भव नभएको बताए । सरकारको कृषि क्षेत्रमा विशेष लगाव भएकोले केही निती नियम परिमार्जन गरेर अघि बढ्ने जानकारी दिए ।
14508531_884783708321435_440611611_n

त्यस्तै उत्पादन लागत बढ्दा आयतितसँगको प्रतिशपर्धा घटेको उनले बताए । पुनले आयतित दुधलाई विस्तापित गर्न सम्वन्धित पक्ष लागी पर्नुपर्ने धारणा राखे ।

सो अवसरमा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव उत्तमकुमार भट्टराईले उत्पादन लागत न्यूनीकरण गरी आयातितसँग प्रतिशपर्धा गर्नुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणाले डेरी उद्योगले रोजगारी सृजनामा विशेष भुमिका खेलेको बताइन्। त्यस्तै आर्थिक परिचालनमा प्रदर्शनीले सहयोग गर्ने जानकारी दिइन् ।

14446500_884783384988134_327613622_o
राणाले राजनितीक अस्थिरताका कारण अझैपनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहनु परेको गुनासो गरिन् ।‘आर्थिक विकास भाषणमा मात्र सिमित भएको छ’ उनले भनिन् । त्यस्तै आर्थिक पोलिसी समेत ल्याउन नसकेको बताइन् । उपाध्यक्ष राणाले नेपाली उत्पादनको प्रवद्र्धन गरी आयातलाई निरुत्साहित गर्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा डेरी उद्योग संघका अध्यक्ष सुमित केडीयाले रोजगारी सृजना, कुपोषणबाट मुक्त गर्न सरकारको ध्यान जानुपर्ने बताए । साथै डेरी उद्योले त्यसमा केही योगदान गरेको बताए। सो अवसरमा उनले डेरी उद्योगको प्रवद्र्धनका लागि प्रविधि, प्राविधिक र अनशन्धानमा जोड दिनुपर्ने जानकारी दिए ।

अध्यक्ष केडीयाले लागत खर्च दिनप्रतिदिन बढेकोले यसको मार किसानलाई पर्ने बताए । साथै किसानलाई लक्षित गर्दै कानुन बनाउन आवश्यक रहेको जानकारी दिए । प्रदर्शनीम दुद्द, दही आइक्रिमलगायत दुग्ध जन्य पदार्थ र उपकरणहरु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्