Logo

पुनः १ लाख ४० हजार कट्यो सुनको मूल्य, एकैदिन २३ सयले बढ्याे

पुनः १ लाख ४० हजार कट्यो सुनको मूल्य, एकैदिन २३ सयले बढ्याे



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले पुनः १ लाख ४० हजार रुपैयाँको विन्दु पार गरेको छ । यसअघि ओरालो लागिरहेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १९ सय रुपैयाँमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL