Logo

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासत बसेपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा मुक्त भएका छन् । त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताएका । भनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताएका छन् । २०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।

उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ । सिरोहिया जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा हुन् । उनको बुवाको नागरिकतामा पनि वडा नम्बर १ नै उल्लेख छ । तर सिरोहियाले वडा नम्बर ५ बाट नागरिकता लिएको देखिन्छ । स्रोतका अनुसार वंशज नागरिकता बनाउकै लागि अर्को वडाबाट उनले सिफारिश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्