Logo

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई, पुनम ज्ञवाली सहप्रवक्ता नियुक्त

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई, पुनम ज्ञवाली सहप्रवक्ता नियुक्त



काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक राजुरमण पौडेल सेवा निवृत्त भएसँगै प्राधिकरणको निर्देशकमा रहेका सुवेदीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

प्राधिकरणको संचालक समितिको बैठकले उनलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठले पाएकी छन् । उनी प्राधिकरणमा उपनिर्देशक छन् ।

प्रतिक्रिया दिनुहोस्