Logo

उकालो लाग्दै सुनको मूल्य, बुधबार प्रतितोला ६ सयको वृद्धि

उकालो लाग्दै सुनको मूल्य, बुधबार प्रतितोला ६ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला १९ सय ३० रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्