Logo

आगामी आवका लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक, चालु खर्चका लागि ११ खर्ब ४० अर्ब विनियोजन

आगामी आवका लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक, चालु खर्चका लागि ११ खर्ब ४० अर्ब विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकका आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त आकारको बजेट ल्याएको बताए ।

उनले कुल विनयोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्र्ब ६७ अर्ब १८ करोड अर्थात १९ .७४ प्रतिशत प्रतिशत विनियोजन गरिएको बताए । उक्त बजेट चालु आवको तुलनामा ६.२ प्रतिशत र संशोधित अनुमानको तुलनामा २१ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL