Logo

श्रम मन्त्रालयका लागि ८ अर्ब २० करोडको बजेट, वैदेशिक रोजगारीमा जाने कामदारलाई विनाधितो ऋण

श्रम मन्त्रालयका लागि ८ अर्ब २० करोडको बजेट, वैदेशिक रोजगारीमा जाने कामदारलाई विनाधितो ऋण



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि ८ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षको बजेटमार्फत उक्त मन्त्रालयले उक्त बजेट विनियोजन गरिएको हो । खासगरी आगामी आर्थिक बर्ष विदेशबाट फर्किएका युवाहरुलाई रोजगारी र आय आर्जमा जोड्न र सामाजिक सुरक्षा कोषमा सबैलाई समेट्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई विनाधितो ऋण

काम गर्न विदेश जानेलाई विनाधितो ऋण काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL