Logo

बजेट २०८१/८२ : प्रत्येक प्रदेशलाई आर्थिक हबको रुपमा विकास गरिने

बजेट २०८१/८२ : प्रत्येक प्रदेशलाई आर्थिक हबको रुपमा विकास गरिने



काठमाडौं । सरकारले नेपालका सातै प्रदेशलाई छुट्टाछुट्टै विषयगत आर्थिक हवको रुपमा विकास गर्ने बताएको छ । प्रदेशमा रहेको विशेष आर्थिक आयको स्रोतलाई हेरेर सोही अनुसार हवको रुपमा विकास गरिने अर्थमन्त्री बर्षमान पुनले बताए ।

उनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै प्रदेशहरुलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताए ।

जसमा कोशी प्रदेशलाई उद्योग, मधेशलाइ कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्विनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन हवको रुपमा विकास गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्