Logo

महिनावारी हुँदा ट्राफिकले सडकमा ड्युटी गर्न नपर्ने, मापसे र ट्राफिक नियम उल्लंघन गर्नेले स्वयमसेवक बन्नुपर्ने

महिनावारी हुँदा ट्राफिकले सडकमा ड्युटी गर्न नपर्ने, मापसे र ट्राफिक नियम उल्लंघन गर्नेले स्वयमसेवक बन्नुपर्ने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अब महिला ट्राफिकहरुले महिनामा ४ दिन सडकमा उभिन नपर्ने घोषणा गरेका छन् । मंगलबार गणतन्त्र दिवसको अवसरमा उनले आफ्नो सामाजिक संजालमा एक स्ट्याटस लेख्दै यस्तो घोषणा गरेका हुन् ।

‘अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन,’ उनले लेखेका छन्, ‘मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’ उनका अनुसार अब ट्राफिक नियम उल्लंघन गर्नेहरुले ट्राफिक स्वयंसेवकको रुपमा काम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL