Logo

यसरी भयो विश्वमा बजेटको शुरुवात ? किन हरेक वर्ष सार्वजनिक गर्छ सरकारले ?

यसरी भयो विश्वमा बजेटको शुरुवात ? किन हरेक वर्ष सार्वजनिक गर्छ सरकारले ?



काठमाडौं । बजेट सरकारको राजस्व नीतिको व्यावहारिक रूप हो । यो आर्थिक वर्षमा भएको आम्दानी र खर्चसँग सम्बन्धित विवरण हो ।

बजेट आगामी आर्थिक वर्षको खर्चको प्रावधान सुनिश्चित गर्नको लागि सरकारले हरेक वर्ष बजेट प्रस्तुत गर्ने गर्दछ । आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रीले पेश गर्ने सरकारको वार्षिक वित्तीय विवरणलाई बजेट भनिन्छ । बजेटमार्फत गत वर्ष कति आम्दानी भयो, कति खर्च भयो र आगामी दिनमा कुन–कुन वस्तुबाट आम्दानी हुने र कुन–कुन वस्तुमा कति खर्च हुने भन्ने जानकारी दिइएको हुन्छ ।

बजेट फ्रान्सेली शब्द Bougettee को परिमार्जित रुप हो । जसको अर्थ छालाको झोला हो । सन् १८३३ मा इङ्गल्याण्डमा बजेट शब्दलाई जादुई बाकसको अर्थमा प्रयोग गरिएको थियो । संसदमा पेश नगरेसम्म सबै देशमा बजेटमा भएका कुरा गोप्य राख्ने चलन रहेकाले यसलाई जादुई बाकस भनिएको हो । नेपालमा पनि यही चलन छ ।

बजेट शब्द फ्रान्समा सन १८०३ मा प्रयोग भएको थियो । संसदमा बजेट प्रस्तुत हुनुअघि बजेट प्रस्तावबारे अर्थमन्त्रीलाई मात्र जानकारी हुन्छ । बेलायतमा एकपटक तत्कालीन अर्थमन्त्री डा डल्टनले संसदमा बजेट प्रस्तुत हुनुअघि नै जनताले थाहा पाएपछि आफ्नो पद छाड्नुपरेको थियो ।

कुनै पनि बजेट सन्तुलनका लागि आर्थिक वर्षको अनुमानित खर्च अपेक्षित आम्दानीअनुरुप हुनुपर्छ । सरकारको खर्च राजस्वभन्दा बढी हुनु हुँदैन । अधिकांश अर्थशास्त्री अनुमानित खर्च र अपेक्षित राजस्वलाई सन्तुलनमा राख्न सरल छ भनी विश्वास गर्छन् । तर, सन्तुलन कायम राख्न सजिलो भने देखिदैन ।

आर्थिक वर्षमा अनुमानित खर्चभन्दा आम्दानी बढेमा बजेटलाई सरप्लस वा सरप्लस बजेट मानिन्छ । यस किसिमको बजेटले सरकारले जनहितमा खर्च गरेको रकमभन्दा सरकारको कर आम्दानी बढी रहेको देखाउँछ । कुनै विशेष आर्थिक वर्षमा अनुमानित खर्च अपेक्षित राजस्वभन्दा बढी हुँदा घाटा बजेट हुन्छ । यस प्रकारको बजेटको अर्थ सरकारको राजस्व खर्चभन्दा कम हुनु हो ।

प्रतिक्रिया दिनुहोस्
MBL