Logo

न्युरोडका सुन व्यापारीले १३ प्रतिशत सुनमात्रै बैंकबाट किन्छन, बाँकी सुन अवैध

न्युरोडका सुन व्यापारीले १३ प्रतिशत सुनमात्रै बैंकबाट किन्छन, बाँकी सुन अवैध



काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सुनको कारोबार गर्ने व्यापारीहरुले कारोबार गर्ने सुनमध्ये १३ प्रतिशत सुन मात्रै बैंकबाट खरिद गर्ने गरेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं बार्षिक प्रतिवेदनमा आन्तरिक राजस्व कार्यालय नयाँ सडक अन्तर्गतका ४८ करदाताहरुले गरेको सुनको कारोबारमध्ये १३ प्रतिशत सुन मात्रै बैंकबाट निकालेको भेटिएको हो ।

उनिहरुले १३ अर्ब ६० करोड ९७ लाख ६६ हजार रुपैयाँको सुन चाँदीलगायत मूल्यवान धातुहरुको खरिद विश्लेषण गर्दा १३ प्रतिशत मात्रै बैंकबाट खरिद भएको, व्यवसायीहरुबीचको आपसी खरिदविक्री २० प्रतिशत र ६७ प्रतिशत व्यक्ति व्यक्तिबाट खरिद गरिएको पाईएको हो ।

यसरी खरिद गरी खर्च कट्टी दावी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसरी व्यवसायीहरुले खरिद गरेको सुन चाँदीमध्ये वैधानिक रुपमा बैंक तथा वित्तीय संस्थाबाट खरिद नगरी अन्य व्यक्तिहरुबाट खरिद गरी लागत खर्च कट्टी दावी गरेकोमा खर्च कट्टी अमान्य गरिएको छ ।

यस्तै यस्तो खरिदको भुक्तानी बैंकमार्फत गरेको प्रमाणसमेत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्ता खरिदको वैधानिक स्रोतको छानविन हुनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ । खासगरी पछिल्लो समय नेपालमा सुनको तस्करी बढेको घटनाहरु बाहिरिँदै आएको बेलामा सुन व्यापारीले करिव ७० प्रतिशत सुन व्यक्तिबाटै खरिद गरेको प्रमाणले ठुलो शंका प्रदा गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL