Logo

३७ लघुवित्तले लुकाए वास्तविक आय, १ अर्ब १५ करोड कर र ब्याज असुल गर्न सुझाव

३७ लघुवित्तले लुकाए वास्तविक आय, १ अर्ब १५ करोड कर र ब्याज असुल गर्न सुझाव



काठमाडौं । नेपालका विभिन्न स्थानमा संचालित ३७ लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो वास्तविक आय लुकाएको पाईएको छ ।

महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय पोखरा, बागलुङ, दमौली, भरतपुरअन्तर्गतका ३७ लघुवित्तले न्यून आय देखाएका हुन् ।

उनीहरुले लेखांकनको तरिका परिवर्तन भएपछि ब्याज मुल्तबी खातामा रहेको रकमभन्दा ३ अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आय विवरण न्यून देखाएको पाइएको हो । जसका कारण उक्त रकम आयमा समावेश गरी सोको ३० प्रशितले हुन आउने १ अर्ब १५ करोड १६ लाख रुपैयाँ कर र सोमा लाग्ने ब्याजसहित असुल उपर गर्न महालेखाले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL