Logo

कोरोना बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सुझाव, बीमा प्राधिकरणले व्यवस्था मिलाउनुपर्ने

कोरोना बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सुझाव, बीमा प्राधिकरणले व्यवस्था मिलाउनुपर्ने



काठमाडौं । महालेखापरिक्षकको कार्यालयले कोरोना बीमाको दावी भुक्तानीको व्यवस्था मिलाउन सुझाव दिएको छ । आइतबार आफ्नो ६१ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले बीमा प्राधिकरणले दावी भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने बताएको हो ।

कोरोना बीमा मापदण्डअनुसार बीमाको दायित्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्ब रुपैयाँसम्मको सम्बन्धित बीमा कम्पनी, १ देखि २ अर्ब सम्मको पुनर्बीमा कम्पनी, साढे २ अर्बसम्मको महाविपत्ति पुल, ३ अर्ब सम्मको बीमा समिति र सोभन्दा माथिको नेपाल सरकारको हुने उल्लेख छ ।

सोही अनुसार गत बर्ष सरकारको तर्फबाट दायित्व बहन गर्ने गरी बीमा प्राधिकरणलाई १ अर्ब भुक्तानी दिइसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त भुक्तानी सेवाग्राीहलाई छानविन गरी भुक्तानी गरिदिन सुझाव प्रतिवेदनमार्फत दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्