Logo

पर्यटन बोर्डलगायत यी १५ संस्थाले नौ बर्षदेखि गराएनन् लेखापरीक्षण

पर्यटन बोर्डलगायत यी १५ संस्थाले नौ बर्षदेखि गराएनन् लेखापरीक्षण



काठमाडौं । नेपाल पर्यटनबोर्डलगायतका विभिन्न ९ संस्थाहरुले पछिल्ले ९ आर्थिक बर्षदेखि लेखापरिक्षण नगराएको पाईएको छ ।

महालेखापरिक्षकको कार्यालयले आईतबार राष्ट्रपति रामचन्दै पौडेलसमक्ष बुझाएको प्रतिवेदनमा सार्वजनिक संस्थानमध्ये २०८० चैतसम्म नेपाल सरकारको पूर्ण स्वामित्व भएका गुठी संस्थान तथा बोर्डहरुले यस्तो लेखापरिक्षण नगराएको उल्लेख छ ।

प्रतिवेदन अनुसार नेपाल सरकराको अधिकांश स्वामित्व भएका संगठित समिति तथा संस्थानहरुमध्ये साझा प्रकाशनले १० बर्षदेखि, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटले १४ बर्ष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ३ बर्षदेखि लेखापरिक्षण गराएका छैनन् ।

यस्तै राष्ट्रिय बीमा संस्थानले ७ बर्षदेखि, राष्ट्रिय बीमा कम्पनीले ६ बर्ष, विशाल बजार कम्पनी लिमिटेडले ४ बर्ष र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र तथा औद्योगिक व्यवस्थापन बोर्डले २ बर्षदेखि लेखापरीक्षण नगराएको देखिएको हो । यसरी लेखापरिक्षण नगराउने निकायका पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव महालेखाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL