Logo

अस्तित्वमै नरहेका ३९ कम्पनीमा सरकारको १ अर्ब ८१ करोड लगानी, सम्पत्ति सरकारकारीकरण गर्न सुझाव

अस्तित्वमै नरहेका ३९ कम्पनीमा सरकारको १ अर्ब ८१ करोड लगानी, सम्पत्ति सरकारकारीकरण गर्न सुझाव



काठमाडौं । सरकारले अस्तित्वमै नरहेका ३९ संस्थामा सेयर र ऋण गरी १ अर्ब ८१ करोड रुपैयाँ बढी लगानी गरेको पाईएको छ ।

कुनै समय राम्रै चलेका तर, कालान्तरमा अस्तित्वमा नरहेका ३९ संस्थामा सरकारले ७६ करोड ९५ लाख रुपैयाँ सेयर तथा १८ संस्थानमा १ अर्ब ४ करोड ३० लाख रुपैयाँ ऋणसमेत गरी १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।

जसमा राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल ट्रेड कम्पनी, मेची धानचामल निर्यात कम्पनी, सगरमाथा धानचामल निर्यात कम्पनी, नेशनल कन्स्ट्रक्सन नेपाल कम्पनी आदी रहेका छन् ।

महालेखापरिक्षकका कार्यालयले यस्ता संस्थाहरुको नाममा रहेको ऋण अपलेखन गर्ने वा अचल सम्पत्ति सरकारीकरण गर्नेलगायतका विकल्पहरुबारे अध्ययन गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL