Logo

पाँच बर्षमा ठूला व्यापारीले लिए ३ खर्ब ४१ अर्ब राजस्व छुट, अंकुश लगाउन महालेखाको सुझाव

पाँच बर्षमा ठूला व्यापारीले लिए ३ खर्ब ४१ अर्ब राजस्व छुट, अंकुश लगाउन महालेखाको सुझाव



काठमाडौं । सरकारले पछिल्लो ५ बर्षमा मात्रै ३ खर्ब ४१ अर्ब रुपैयाँ बढीको राजस्व छुट प्रदान गरेको छ । महालेखापरीक्षकको ६१ औं प्रतिवेदनअनुसार पछिल्लो ५ बर्षमा नेपालले भन्सार र आन्तरिक गरी ३ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ राजस्व छुट प्रदान गरेको हो । जसमा गत बर्ष भन्सार राजस्व मात्रै ९९ अर्ब ४२ करोड रुपैयाँ छुट दिइएको प्रतिवेदनमा उल्लेख छ ।

यसरी आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ पनि छुट भएकोमा सोको अभिलेख भने मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले आव २०७५/७६ मा मात्रै ४१ अर्ब २४ करोड रुपैयाँ राजस्व छुट दिएकोमा २०७६/७७ मा ४४ अर्ब २१ करोड रुपैयाँ राजस्व छुट दिएको थियो ।

यस्तै २०७७/७८ मा ३५ अर्ब, २०७८/७९ मा १ खर्ब २१ अर्ब र गत आर्थिक बर्ष ९९ अर्ब ४२ करोड रपैयाँ राजस्व छुट दिएको पाईएको छ । यसरी प्रत्येक बर्षजसो राजस्व छुट बढ्दै गएकाले यसको सीमामा पुनरावलोकन गर्नुपर्ने कुरा महालेखाले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL