Logo

वैदेशिक ऋणको सावाँ ब्याज तिर्न नयाँ ऋण, डलरको मूल्य बढ्दा ५९ अर्ब दायित्व थप

वैदेशिक ऋणको सावाँ ब्याज तिर्न नयाँ ऋण, डलरको मूल्य बढ्दा ५९ अर्ब दायित्व थप



काठमाडौं । महालेखा परिक्षकको कार्यालयले सरकारले वैदेशिक ऋणको सावाँ र ब्याज तिर्नकै लागि नयाँ ऋण लिने अवस्था आएको कुरा औंल्याएको छ ।

आफ्नो ६१ औं बार्षिक प्रतिवेदनमा महालेखाले ऋणको सावाँ र ब्याज भुक्तानी गर्नसमेत नयाँ ऋण लिनुपरेपछि ऋणको व्ययभार प्रत्येक बर्ष बढ्दै गएको बताएको हो । गत आर्थिक बर्ष आन्तरिक तथा बाह्यसमेत कुल ऋण ३ खर्ब ७५ अर्ब मा २ खर्ब २२ अर्ब सावाँ ब्याज भुक्तानी भएको छ ।

अर्थात विकास शिर्षकमा उठाईएको बैदेशिक ऋणको सावाँ ब्याज उच्च तिर्नुपर्दा ४०।८३ प्रतिशत मात्रै विकास आवश्यकता पूरा गर्न खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी गत बर्ष मात्रै वैदेशिक ऋणको विनिमय दर वृद्धि भएकै कारण मात्रै सरकारलाई ५९ अर्ब १५ करोड रुपैयाँ ऋण दायित्व थपिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL