काठमाडौं । नेपाल औषधी लिमिटेडले औषधी चाँडै नै उत्पादन थाल्ने तयारी गरेको छ । सोमवार उद्योग मन्त्रि नविन्द्रराज जोशीको उपस्थितीमा पत्रकारलगायत औषधी उत्पादनको नमुना देखाइएको थियो ।
नेपाल औषधी लिमिटेडमा कतिपय अटोमेटिक र म्यानुअल मेसिन छन् ।
त्यहाँ रहेका मेसिन तथा पूर्वाधारहरुको सामान्य मर्मत पश्चात सञ्चालन गर्न सकिने मन्त्रीले बताए ।
शुरुमा ८ प्रकारका औषधी उत्पादन गर्न सकिने कर्मचारीहरुले बताएका छन् ।