Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

आईतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ ।

आईतबार प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १८ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL