Logo

राजस्व संकलन २९ प्रतिशतले बढ्यो, २ महिनामा उठ्यो २९ अर्ब

राजस्व संकलन २९ प्रतिशतले बढ्यो, २ महिनामा उठ्यो २९ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७३÷०७४ भदौ मसान्तसम्ममा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार संकलन गरेको छ । यो राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।

सरकारले आर्थिक वर्ष २०७३÷०७४ भदौ महिनासम्ममा २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, सो अवधिमा आन्तरिक राजस्व विभागले २८ अर्व ९३ करोड ६ लाख ६५ हजार रुपैयाँ संकलन गरेको थियो ।
शिर्षकगत रूपमा विभागले सो अवधिमा आयकर तर्फ रु. १२ अर्व २१ करोड ९७ लाख ८६ हजार, मूल्य अभिवृद्धि कर रु. १० अर्व ४५ करोड २ लाख ३५ हजार र अन्तःशुल्क तर्फ रु. ५ अर्व ९१ करोड ६५ लाख ८८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. १३ करोड ८३ लाख ७१ हजार र रु. २० करोड ५६ लाख ८५ हजार संकलन भएको छ ।

शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्