Logo

सुनचाँदी कला व्यवसायीमा नयाँ कायसमिति, अध्यक्षमा द्वारिका विश्वकर्मा निर्वाचित

सुनचाँदी कला व्यवसायीमा नयाँ कायसमिति, अध्यक्षमा द्वारिका विश्वकर्मा निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रिय अध्यक्षमा द्वारिका विश्वकर्मा निर्वाचित भएका छन् । संघको शनिवार सम्पन्न सातौं राष्ट्रिय महाधिवेशन तथा १५ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचति गरेको हो ।
सभाले संघको प्रथम उपाध्यक्षमा केशर सेन्चुरी र द्वितीय उपाध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा विष्णुभक्ता बराईली, सचिवमा सानुबाबु बराईली, कोषाध्यषमा श्यामकुमार विश्वकर्मा र सह कोषाध्यक्षमा प्रकाश घतानी निर्वाचित भएका हुन् ।
सदस्यहरुमा तिर्थबहादुर लकाई, आकाश विश्वकर्मा, गणेश कुमार रसाली, अविनाश विश्वकर्मा, प्रेम बहादुर विश्वकर्मा, सुमन राज श्रेष्ठ, सुर्य कुमार लकान्द्री र बालकुमार दर्नाललाई निर्वाचित गरेको संघका कार्यलय प्रमुख हरि प्रसाद रसाईलीले जानकारी दिए ।
संघको साधारण सभा उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सुनचाँदीको क्षेत्रमा देखिएका विभिन्न समस्या हटाउन सरकार र व्यवसायी दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
साथै उनले नवनिर्वाचित अध्यक्ष विश्वकर्माले व्यवसायिक हक हितका लागि काम गर्ने बताए । द्वित्तीय उपाध्यक्ष रिजालले नवनिर्वाचित समितिले सुन व्यवसायीको मापदण्ड तयार गरी कार्यन्वयनमा ल्याउन सरकारलाई दबाब दिने बताए ।

प्रतिक्रिया दिनुहोस्