Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, ४५ मिनेटपछि संचालन भयो उडान अवतरण

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, ४५ मिनेटपछि संचालन भयो उडान अवतरण



काठमाडौं । ४५ मिनेटका लागि बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ । धावनमार्गमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो । उक्त खाल्डो पुरेर सुकेसँगै विमानस्थलबाट हुने सेवा पुनः सुरु गरिएको हो ।

धानवमार्गको कोटेश्वरपट्टिभागमा सानो आकारको खाल्डो परेपछि मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण बन्द गरिएको थियो । जसका कारण आकाशमा आन्तरिक र बाह्य गरी करिव एक दर्जन हवाईजहाजहरु होल्ड गरेर फन्को मारिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL