Logo

सुनको मुल्यमा प्रतितोला १८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा प्रतितोला १८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै प्रतितोला १८ सय ५५ रुपैयाँमा झरेको हो । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL