Logo

चौथो सामना बैंकिङ पुरस्कार वितरण, आगामी वर्षदेखि ७५ र २५ हजार रुपैयाँ

चौथो सामना बैंकिङ पुरस्कार वितरण, आगामी वर्षदेखि ७५ र २५ हजार रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख तथा रचना प्रकाशित गरी यस क्षेत्रमा योगदान पुर्याउने पत्रकार तथा लेखकलाई पुरस्कृत गएिको छ । हिजो एक कार्यक्रमबीच सामना बैंकिङ पुरस्कार गुठीले उक्त पुरस्कार वितरण गरेको हो ।

सो गुठीका अध्यक्ष डा. रेवत वहादुर कार्कीको सभापतित्व तथा नेपाल राष्ट्र वैकका प्रथम गभर्नर हिमालय शंशेर राणाको प्रमुख आतिथ्यमा चोथो सामना बैंकिङ पुरस्कार र दोश्रो बैंकिङ पत्रकारिता पुरस्कार वितरण गरेको हो । पुरस्कार वितरण कार्यक्रममा वरिष्ठ अर्थशास्त्री तथा पूर्व गभर्नरहरुको सहभागिता रहेको थियो ।

गुठीले यस पटकको बैंकिङ पुरस्कार प्राडा परासर कोइरालाद्वारा लिखित ‘इनिसियल अफ कमर्शियल बैंक म्याजेजमेन्ट’ लाई प्रदान गरेको छ भने पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका हिमाल न्यौपानेलाई प्रदान गरिएको हो ।

यसैगरी गुठीले १० हजार रुपैयाँको रेवत बैंकिङ छात्रबृति त्रिवि अर्थशास्त्र विभाग दोश्रो वर्ष अध्ययन गर्ने विद्यार्थीहरुमध्ये प्रथम वर्षको परीक्षामा उत्किृष्टता हासिल गर्ने धर्मेन्द्र तिमिल्सिनालाई प्रदान गरेको छ । कार्यक्रममा पिताम्वरप्रसाद आचायलाई डेपो्रक्स नेपाल र डेपो्रक्स÷नाडेप लघु वित्त वैंकमार्फत लघु वित्तको माध्यमवाट समाजका पिछडिएका एवं न्यूनआयभएका महिलावर्गको सामाजिक तथा आर्थिक उत्थान गरेकोमा कदर गर्दै गुठीले सम्मान पत्रसहित दोसल्ला ओढाइएर सम्मान गरेको छ ।

त्यस्तै समारोहमा गुठीले अवदेखि वैंकिङ पुरस्कार रु. ५० हजारवाट रु. ७५ हजार, पत्रकिारिता पुरस्कार रु. १५ हजारवाट रु. २५ हजार, छात्रवृत्ति रु. १०हजारवाट रु. १५हजार वढाउने निर्णय समेत गरेको छ ।

अर्थविद तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीद्वारा अक्षय कोष राखी २०६२ सालमा स्थापना गरिएको यस गुठीमा हाल रुं २७ लाख अक्षय कोष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्