Logo

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मुल्य पनि घट्यो

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मुल्य पनि घट्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको सनुको मुल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १८ सय ८५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्