Logo

फोहोर बोक्ने गाडीका चालक समातिएपछि बालेन आक्रोशित : अब सिंहदरबारको फाेहर उठाईँदैन भिड्न आए हुन्छ

फोहोर बोक्ने गाडीका चालक समातिएपछि बालेन आक्रोशित : अब सिंहदरबारको फाेहर उठाईँदैन भिड्न आए हुन्छ



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अब सिंहदरबार र सबै पार्टी कार्यालयहरुको फोहर नउठाउने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले अवरोध गरी ४ जना गाडी चालकहरु पक्राउ परेपछि उनी आक्रोशित भएका हुन् ।

उनले आक्रोश पोख्दै भनेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स–सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छाडिदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL