Logo

नेपाल–जापान सम्बन्ध ६० बर्ष पुगेको अवसरमा चेम्बरद्वारा वाकाथुन कार्यक्रम

नेपाल–जापान सम्बन्ध ६० बर्ष पुगेको अवसरमा चेम्बरद्वारा वाकाथुन कार्यक्रम


बिजखबर संवाददाता
0
Shares

नेपाल चेम्वर अफकमर्सले नेपाल–जापान कुटनीतिक सम्वन्ध स्थापना भएको ६०औं वर्षको अवसरमा वाकाथुन (प्रभातफेरी) कार्यक्रम गरेको छ । सो अवसरमा विविध कार्यक्रम संचालनगर्ने क्रममा आज वाकाथुन गरेको हो ।

japan_nepal_dipak bohara
उक्त प्रभातफेरी कान्तिपथ, भोटाहिटी, असन, इन्द्रचोक, मखन, हनुमानढोकाहुदैं बसन्तपुरमा पुगेर सकिएको थियो । सो कार्यक्रममा आपूर्ति मन्त्री दिपक बोहोरा, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, परराष्ट्र सचिव झविन्द्र ओझा, नेपालका लागि जापानका राजदूत मासासी ओगावा र चेम्वरका उपाध्यक्षहरुद्वारा परेवा उडाइएर प्रभातफेरी कार्यक्रमको उद्घाटन गरियो । सो कार्यक्रममा जापान तथा नेपालका उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

कुटनैतिक सम्वन्ध स्थापनाभएको ६०औं वर्षको अवसरमा चेम्वरले भोली भृकुटीमण्डप स्थित प्रर्दशनी स्थलमा विशेष कार्यक्रमको आयोजना गर्नेछ ।
यस्ता कार्यक्रमहरुले नेपालको आर्थिक क्रियाकलाप चलायमान हुनुको साथैे नेपाल र जापानवीचको दौत्य सम्वन्धथप प्रगाढ हुने चेम्वरको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्