Logo

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत, कांग्रेसको विरोध जारी

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत, कांग्रेसको विरोध जारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चौथोपटक विश्वासको पत प्राप्त गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनको पक्षमा १ सय ५७ पत परेपछि उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

आजको प्रतिनिधि सभाको बैठकमा १ सय ५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १ सय ५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको थियो ।

साढे ११ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विरोध जारी राख्यो । तर कांग्रेसलगायतका सांसदहरुलाई वेलमा घेरेरै भएपनि प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिएका हुन् ।

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्