काठमाडौं । सरकारले दशै तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सूपथ मूल्यका तरकारी तथा फलफूल पसल राख्ने भएको छ । मन्त्रालयमा शुक्रवार उच्चपदस्त पदाधिकारी र फुफूल व्यवसायी महासंघका व्यवसायी बसेको वैठकले यस्तो निणर्य गरेको हो ।
चाडपर्वमा नेपाल भरिनै सकेसम्म सुपथ मूल्यमा तरकारी तथा फलफूल उपलब्ध गराउने र हाल उपत्यका भित्र सञ्चालनमा रहेका सूपथ मूल्य पसलसँगै फलफुल राख्ने भएको हो ।
चाडपर्वमा उपत्यकालगायत नेपालभरका उपभोक्ताले सुपथ मूल्य तथा गुणस्तरमा तरकारी, फलफूल उपभोग गर्न पाउने विश्वास छ ।