काठमाडौं । पछिल्लो समय विश्वभर सुनको भाउ ह्वात्तै बढेको छ । नेपालमा आइतबार सुनको मूल्य रेकर्ड स्तरमा पुगेको थियो भने सोमबार पनि नयाँ रेकर्ड बन्योे । प्रश्न उठ्छ कि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर घटाउन थाल्यो भने सुनको मूल्यमा कस्तो असर पर्ला ? ऐतिहासिक रूपमा, फेडले ब्याजदर बढाएपछि २४ महिनादेखि सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । उदाहरणका लागि सन् २०१८–२० मा सुनको मूल्य करिब ५० प्रतिशतले बढेको थियो ।
त्यस्तै सन् २००६–०८ मा सुनको भाउ ५५ प्रतिशतले बढेको थियो । यस पटक फेडरल रिजर्भले अन्तिमपटक जुलाई २०२३ मा ब्याजदर बढाएको थियो । त्यसयता सुनको भाउ २१ प्रतिशतले बढेको छ । विश्व बजारमा सुनको भाउ उकालो लागिरहेको छ । यससँगै विश्व बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २२४ दशमलव ४४ डलर पुगेको छ ।
नेपालमा १ लाख ४१ हजार नाघ्यो मूल्य
नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि नेपालमा आइतबार सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो ।
कहाँ पुग्छ सुनको मूल्य ?
यो वर्ष अहिलेसम्म विश्वमा सुनको भाउ झण्डै २० प्रतिशतले बढेर २ हजार ३९० डलर प्रतिऔंस पुगेको छ । गत महिना केही समयको लागि, यसको मूल्य २४०० डलरको स्तरपनि पार गरेको थियो । जुन यसको अहिलेसम्मको उच्च अंक हो । विश्वका धेरै ठूला केन्द्रीय बैंकहरूमा सुन किन्नको दौड छ । यसमा चीन, भारत र रुस समावेश छन् । युक्रेन युद्ध सुरु भएपछि अमेरिकाले रुसको डलरको सम्पत्ति रोक्का गरेपछि डलरप्रति विश्व लगानीकर्ताको विश्वास डगमगाएको थियो । जसका कारण केन्द्रीय बैंकहरु सुन खरिदमा व्यस्त छन् । सुनको स्वीकार्यताका कारण यसलाई विश्वव्यापी मुद्रा मानिन्छ । जसका कारण सुनको भाउ बढेको हो ।
अमेरिका र युरोपेली संघको बढ्दो ऋणका कारण पनि सुनको माग बढेको छ । यो किनभने यो मुद्रा अवमूल्यनको चिन्ताको बीच एक सुरक्षित आश्रयको रूपमा हेरिएको छ । सुनको भाउ बढ्नुको अर्को कारण चीनको केन्द्रीय बैंकसँगै सर्वसाधारणले पनि ह्वात्तै सुन किनिरहेकोे बताइएको छ । चीनमा रियल इस्टेट गहिरो संकटमा छ र शेयर बजार पनि खराब अवस्थामा छ । यही कारणले सुनमा मानिसहरुको लगानी बढ्दै गएको छ । अमेरिकी खुद्रा लगानीकर्ता पनि सोही बाटोमा जानसक्ने अपेक्षा गरिएको छ । विज्ञहरूका अनुसार यो वर्षको अन्त्यसम्ममा सुनको भाउ १ लाख ६० हजार रुपैयाँसम्म पुग्न सक्छ । यस्तै, १० ग्राम सुनको मूल्य सन् २०२५ सम्ममा करिब २ लाख रुपैयाँ नाघ्न सक्ने अनुमान गरिएको छ ।