Logo

१ लाख ४१ हजार नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ लाख ४१ हजार नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि नेपालमा आईतबार सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय रुपैयाँ नाघेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आईतबार प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १९ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्