Logo

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना



काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर लगाएको छ । आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो ।

अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आफैं भत्काउनका भनेर १० दिनअघि सूचना निकालिएको तर नहटाएपछि महानगरले हटाउन लागेको उनले जानकारी दिए ।

कति घरटहरा भत्काउन लागिएको भन्नेबारे जानकारी नभएको उनले बताएका छन् । ‘बिहान भत्काउन जान लागेको भनेर जानकारी आएको थियो, कति घर भत्काउन लागिएको हो भन्ने चाहीँ जानकारीमा छैन,’ प्रवक्ता मानन्धरले भने ।

प्रतिक्रिया दिनुहोस्