Logo

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार एकाएक उच्च मूल्यले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा शुक्रबार सुनको मुल्य बिहीबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १८ सय रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्