Logo

राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर शिवाकोटी नयाँ गित सार्वजनिक, ‘यहित हो नि माया’को सफलता पछि ‘रिटिङ रिटिङमा’

राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर शिवाकोटी नयाँ गित सार्वजनिक, ‘यहित हो नि माया’को सफलता पछि ‘रिटिङ रिटिङमा’



काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटी

द्वारा रचना गरिएको रिटिङ रिटिङमा वोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक लिम्बु र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा , एरेन्ज नरेन्द्र वियोगी रेकर्डिस राजेश थापा र मास्टरिङ किशोर थापाको रहेको छ भने गीत ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको थियो ।

कोरियोग्राफर काजिस श्रेष्ठको कोरियोग्राफी उत्सव दाहालको छायांकन रहेको उक्त भिडियोको सम्पादन तथा कलर विनोद वम, मेकअप नन्दा अधिकारी, सहायक कोरियोग्राफर प्रशान्त मगरको रहेको छ ।

यस्तै भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । काभ्रेको पाँचखालमा हालै छायाङ्कन गरिएको यो म्युजिक भिडियो अव्वल भएकोमा गीतकार चिन्तामणी सिवाकोटी एकदमै खुशी हुदै निर्देशक लगायत सम्पूर्ण टीम लाई धन्यवाद दिएका छन् ।

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथा वस्तु र स्थानीय परिवेशलाई समेटिएको यस म्युजिक भिडियो मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन मा योगदान पुग्न सक्ने विश्वास गीतकार सिवाकोटीको छ । मौलिक नेपली लोक लयमा तयार भएको यो म्युजिक भिडियो Chinta Mani Siwakoti YouTube च्यानलमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
MBL