Logo

प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ‘ह्वीप’, सदन चल्न नदिने अडान

प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ‘ह्वीप’, सदन चल्न नदिने अडान



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित ‘ह्यीप’ जारी गरेका हुन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेस र प्रधानमन्त्रीबीच छलफल जारी रहेकाले हालसम्म बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ ।

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्न नपाएपछि सत्तापक्ष चिढिएको छ । बुधबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सदन सञ्चालनमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL