Logo

दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु



काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

नदीमा डुबेर बेहोस भएका उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको थियो । उपचारका क्रममा तुलसीपुर अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु बुवा आमासँगै ओदालेमा रहेको फुपुको घरमा आएको बेला घटना भएको हो । उनीहरु कामको शिलशिलामा भारतमा बस्दै आएका थिए । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL