काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसकिएपछि अब भोली पनि बहस हुनेगरी लामिछानेको मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्धामा अदालतले भोली सुनुवाई गरी फैसला गर्नेछ ।
क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।