Logo

अमेरिका, क्यानडा र टर्की पठाईदिने भन्दै साढे चार करोड ठगी, यी हुन पक्राउ परेका ठगहरु

अमेरिका, क्यानडा र टर्की पठाईदिने भन्दै साढे चार करोड ठगी, यी हुन पक्राउ परेका ठगहरु



काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा अमेरिका, क्यानडा र टर्की पठाउने भन्दै चार करोड भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलव हुने प्रलोभन देखाइ १२४ जनाबाट चार करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए । ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका–५ का रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL