Logo

रोकिएन अनलाइन बेटिङ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबारमा संलग्न एक पक्राउ

रोकिएन अनलाइन बेटिङ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबारमा संलग्न एक पक्राउ



काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी) मा संलग्न एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना छन् । उनी भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा बस्दै आएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सट्टेबाजीका लागि एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायत प्रयोग गर्दै आएका थिए । उनले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

यस्तै, विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL