Logo

प्राधिकरणमा घिसिङ नियुक्ती विरुद्धको निवेदनमा सुनुवाई, सर्वोच्चले मंगलवार दुवै पक्षसँग छलफल गर्ने

प्राधिकरणमा घिसिङ नियुक्ती विरुद्धको निवेदनमा सुनुवाई, सर्वोच्चले मंगलवार दुवै पक्षसँग छलफल गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विरुद्धमा परेको रिटको दुवै पक्षलाई बोलाउने भएको छ । अदातलले निवेदनको सुनुवाइ गर्दै आगामी मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गर्ने भएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले ११ गते वादी प्रतिवादी दुवै पक्षलाई बोलाएर अन्तरिम आदेशको विषयमा निर्णय गर्ने आदेश दिएको हो ।

सरकारले प्रक्रिया मिचेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको जिकिर गर्दै प्राधिकरणमा कार्यरत ४ जना उपकार्यकारी निर्देशकले उनको नियुक्ति प्रक्रिया खारेज गर्न माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्