Logo

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकल पौडेल थप १० दिन हिरासतमा रहने, अर्को मुद्दाको पनि तयारी

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकल पौडेल थप १० दिन हिरासतमा रहने, अर्को मुद्दाको पनि तयारी



काठमाडौँ । विशेष अदालत काठमाडौंले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतले आइतबार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि उक्त म्याद थप दिएको हो । उनी अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् ।

विकलविरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन छ भने दोस्रो मुद्दाको तयारी अन्तिम चरणमा अख्तियार रहेको छ । यसअघि नै अख्तियारले उनीविरुद्ध ढाँटेर दोहोरो सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL