काठमाडौं । कतार एयरवेजलाई फ्यूचर ट्राभल एक्सपेरियन्स ग्लोबल २०१६मा ‘बेष्ट अप इन दि एयर’ उपाधीद्वारा सम्मानित गरिएको छ । लास भेगासमा आयोजित एक कार्यक्रममा कतारलाई सम्मान गरिएको हो ।
कतार एयरवेजले गत बर्ष पनि यो उपाधी हात पार्न सफल भएको थियो । यात्रु अनुभवलाई उत्कृष्टता प्रदान गर्न निरन्तर रुपमा प्रतिबद्ध अग्रणी एयरलाइन्सलाई प्रोत्साहन गर्नु “बेष्ट अप इन दि एयर” अवार्ड्सको लक्ष्य हो ।
उद्योगमै सर्वोत्कृष्ट इन फ्लाइट अनुभव प्रदान गर्न कतार एयरवेजको अथक प्रयासको कदर स्वरुप यो उपाधी दिइएको हो । लगातार दोस्रो बर्षपनि उपधीद्वारा सम्मानित हुनपाउँदा निकै गर्व लागेको कतार एयरवेजका गु्रप चिप एक्जेक्यूटिभ अकबर अल बाकरले जानकारी दिए । ‘यसको श्रेय हाम्रो सोचलाई सार्थकता प्रदान गर्न निरन्तर मेहेनत गर्ने हाम्रा समग्र क्रु मेम्बरलाई जान्छ’ उनले भने ।
सो अवसरमा उनले आफ्ना यात्रुलाई सदैव उत्कृष्टताको अनुभव दिनु नै हाम्रो उद्देश्य रहेको जानकारी दिए । कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष (कष्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले सेवामा थप उत्कृष्टता ल्याउँदै यात्रुलाई अझ उत्कृष्ट अनुभव तथा सम्झना प्रदान गर्न हामीलाई यसले थप हौसला प्रदान गरेको जानकारी दिए ।
एयरलाइन प्यासेन्जर एक्स्पेरियन्स एसोसिएशन (एपेक्स)का प्रमुख कार्यकारी अधिकृत जो लिडरले डिमिट्रोभलाई उक्त सम्मानित अवार्ड हस्तान्तरण गरेका हुन् । सन् २०१५मा सार्वजनिक गरिएको कतार एयरवेजको इनफ्लाइट ईन्टरटेनमेण्ट सिष्टम ओरेक्स वानमा बृहत छनोटका विकल्पहरु उपलब्ध रहेका छन् ।
यात्रुले यसको माध्यमबाट चलचित्र, टीभी, गेम्स, अडियो लगायत ३ हजार मनोरञ्जनका विकल्प पाउँछन् । हलिउडका लेटेस्ट प्रिमियर्सदेखि बलिउडका उत्कृष्ट, अरेबिक ब्लकबस्टर्स, बाल चलचित्र, क्लासिक सिनेमा लगायतको साथमा यात्रु कतार एयरवेजले उडान भर्ने १ सय ५० गनतब्य मध्य कुनैमा पनि घण्टौँ सम्मको मनोरञ्जन लिन सक्छन् ।